कोरोना संकटका कारण बन्द अवस्थामा रहेका शैक्षिक संस्था अर्को सूचना जारी नभएसम्मका लागि बन्द नै रहने भएका छन् ।
मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने जानकारी गराए ।
शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन र पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको खतिवडाले जानकारी दिए ।