logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागमती नदीमा निर्वस्त्र अवस्थामा एक महिलाको शव फेला , पहिचान खुल्न सकेन


अंकुरण खबर
1.781K
Shares

बागमती नदी किनारामा एक महिलाको शव फेला परेको छ ।

अन्दाजी ३५ वर्षीया ती महिलाको शव मकवानपुरको बागमती गाउँपालिका–५ स्थित बागमती नदी किनारामा निर्वस्त्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ती महिलाको पहिचान हुन सकेको छैन।

नदी किनारमा पछाडीको भाग डुबेको अवस्थामा शव फेला परेको हो । उनको शव अहिले हेटौंडा अस्पतालमा राखिएको छ । करिव ५ फिट ४ इन्च उचाई भएकी महिला मंगोलियन अनुहार र गहुँगोरो वर्णकी रहेको प्रहरीले जनाएको छ।

मृतकको तस्बिर सार्वजनिक गर्दै प्रहरीले उनलाई चिन्ने व्यक्तिले १०० मा सम्पर्क गर्न आग्रह गरेको छ ।