logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड निवासका थप २ जनामा देखियो कोरोना संक्रमण


अंकुरण खबर
949
Shares

सत्ताधारी दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासका थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

अध्यक्ष दाहालकी स्वकीय सचिव छोरी गंगा दाहालको गाडी चलाउने ड्राइभर र एक सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो।

यसअघि अध्यक्ष दाहालको बाहिरी सुरुक्षामा तैनाथ ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको थियो। सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएपछि दाहाल परिवार होम क्वारेन्टाइनमा बसेको थियो।

पिसिआर परीक्षणमा गरिँदा सचिवालय र परिवारका सबैजनाको कोभिड संक्रमण रिपोर्ट नेगेटिभ आएको थियो।