logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा  थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
819
Shares

नेपालमा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । संक्रमितमध्ये १६ हजार ७५८ जना निको भएर घर फर्किएका छन् ।

आज मात्रै कोरोनालाई जितेर ६४ जना घर फर्किएका छन् ।