logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

एक जना पसलेलाई कोरोना देखिएपछि पशुपति क्षेत्रका सबै पसलहरु बन्द


अंकुरण खबर
949
Shares

गौशालास्थित पशुपति क्षेत्रमा कोरोना संक्रमण देखिएपछि सो क्षेत्रका सबै पसल तथा फूटपाथमा राखिएका पूजा सामग्री पसलहरु आगामी आइतबारसम्मका लागि बन्द गरिएको छ ।

गत शुक्रबार एक जना पसलेलाई कोरोना देखिएपछि स्थानीय व्यवसायीको समन्वयमा सबै पसलहरु बन्द गरिएको हो ।

महानगरीय प्रहरी वृत गौशालाका प्रमुख जितेन्द्र बस्नेतले थप संक्रमण बढ्न नदिन वडाको समन्वयमा निगरानीसमेत बढाइएको बताए ।

यस्तै, वडा नम्बर ८ का दिनेशकुमार डंगोलले संक्रमित एक जना बाहिरी जिल्लाबाट आएको र हालसम्म ३ जनामा संक्रमण देखिएकोले सर्तकता अपनाइएको जानकारी दिए ।