logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सुनचाँदीको भाउ फेरि बढ्यो


अंकुरण खबर
1.066K
Shares

नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ ।

बुधबारसम्म घटिरहेको सुनको मूल्य आज फेरि तोलामा २ हजार ४ सय रुपैयाले बढेको हो ।

आज छापावाला सुन तोलामा २ हजार ४ सय रुपैयाले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार २ सय ९५ रुपैयाँमा पुगेको छ ।