logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
728
Shares

बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार राति ज्यान गुमाएका २५ वर्षीय युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडानम्बर १२ का प्रदीप तेलीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

साउन २४ गते भारतको मुम्बईबाट घर आएका तेलीमा ज्वरो, खोकी र श्वास प्रश्वासमा समस्या देखिएपछि साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । उनको सोही दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा मंगलबार राति मृत्यु भएको थियो । तेली मिर्गौलाको समेत बिरामी थिए ।