logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नागढुंगाबाट जबरजस्ती काठमाण्डौ छिर्न खोज्ने तीन जना पक्राउ


अंकुरण खबर
1.001K
Shares

काठमाण्डौ छिर्ने मुख्य नाका नागढुंगाबाट जबरजस्ती आउँन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति पौने ११ बजेतिर नागढुंगाबाट काठमाण्डौ प्रवेश गर्न लागेका नुवाकोट शिवपुरी गाउँपालिका २ का कमल तामाङ, सुर्खेतको गुर्वाकोट गाउँपालिका १ का बिक्की नेपाली र रुपन्देहीको बुटवल ११ का विशाल रसाईलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सरकारले यही १५ गतेदेखि बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म नाकाबाट प्रवेश गर्न नदिने निर्णय गरिसकेको छ । तर उनीहरुले काठमाण्डौ प्रवेश गर्न पाउनुपर्ने माग राखेर जबरजस्ती गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई अहिले महानगरीय प्रहरी वित्त थानकोटमा राखिएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले रोकथाम तथा नियन्त्रणको लागि भन्दै कडाइ गर्न थालेको छ ।