logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धुलिखेल अस्पतालमा ९८ वर्षीय बृद्धसहित १० जना कोरोना संक्रमित भेटिए, इमर्जेन्सीबाहेक सबै सेवा बन्द


अंकुरण खबर
1.326K
Shares

धुलिखेल अस्पतालमा बिहीवार एक जना बिरामीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

धुलिखेल अस्पतालको आइसोलेसनमा कोराना संक्रमणको उपचार गराइरहेका ९८ वर्षका बृद्धकी बुहारी, १ नर्स, अर्का १ जना दमक घर भै धुलिखेल अस्पतालमै पित्त थैलीको अप्रेशनका लागि भर्ना भएका बिरामी र अस्पतालको अगाडि होटल व्यवसाय गर्दै आएका १ व्यवसायीका साथ ६ जना संघीय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

अस्पतालको नर्स सहित बिरामी, बिरामीका आफन्त लगायतलाई कोरोना संक्रमण भए लगतै धुलिखेल अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा अर्को निर्णय नभए सम्मका लागि बन्द गरिएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल वरपर व्यापार व्यवसाय गर्नेलाई पनि घरमै बस्न आग्रह गरेको छ । धुलिखेल नगरपालिकामा संक्रमित बृद्धको घर धुलिखेल बजारमै भएकाले सिल गर्ने तयारी समेत भएको स्रोतले जनाएको छ ।

संक्रमित बृद्धका परिवारका सदस्यले अस्पताललगायत समुदायका धेरै व्यक्तिसँग भेटघाट गरेका पाइएकाले कन्ट्रयाक ट्रेसिङ जारी रहेको अस्पतालले जनाएको छ ।