logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्याङजामा बावुछोराको धारिलो हतियार प्रहार गरी हत्या


अंकुरण खबर
2.132K
Shares

काठमाडौं –  स्याङजाको हरिनाश गाउँपालिका -३ मिनडाँडाका एकै परिवारका २ जनाको हत्या भएको छ ।

मंगलबार बिहान ४ बजे अपरिचित व्यक्ति घरमा पसी धारीलो हतियार प्रहार गरी सँँगै सुतिरहेका २९ बर्षीय बाबु चित्र बहादुर खड्का र ४ बर्षका छोरा रिजन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । एउटै कोठाभित्र छुट्टै खाटमा सुतेकी चित्रबहादुरकी श्रीमती भने सकुशल छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङजाको एसपी राजकुमार लम्साल र डिएसपी नविन कृष्ण भण्डारीको टोली घटना स्थलमा पुगेर अनुसन्धान अगाडी बढाएको छ । घटना के कारण र कस्ले गरेको भन्ने कुकुर सहितको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।