logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साढे १६ अङ्कले घट्यो नेप्से


अंकुरण खबर
741
Shares

शेयर बजार परिसूचक नेप्से बिहीबार साढे १६ अङ्कले घटेको छ ।

नेप्से १६ दशमलव ५३ अङ्कले घटेर १४ सय आठ दशमलव ७९ अङ्कमा झरेको हो ।

बिहीबार व्यापार बाहेक अरु सबै समूहको शेयर ओरालो लागेको छ । जीवन बीमा समूहको शेयर ९९ अङ्कले, निर्जीवन बीमा समूहको ७६ अङ्कले, उत्पादन समूहको ३२ र माइक्रोफाइनान्स समूहको शेयर २७ अङ्कले घटेको छ । बिहीबार एक अर्ब सात करोड ४३ लाख रुपैयाँ बराबरका ३४ लाख नौ हजार कित्ता शेयर किनबेच भएका छन् ।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ६७ लाख र एनआईसी एसिया बैंकको ६ करोड रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडका शेयरधनीले साढे पाँच प्रतिशतभन्दा धेरै गुमाएका छ्न् । समग्र शेयर बजार घटे पनि दिव्येश्वरी हाइड्रोपावरका शेयरधनीले दश प्रतिशत कमाएका छन् ।