पछिल्लो २४ घन्टामा नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
महोत्तरी, धुनषा, अछाम र मोरङमा १-१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ९५ पुगेको छ ।
महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । उनको उपचारको क्रममा राम जानकी अस्पतालमा साउन २५ गते मृत्यु भएको थियो । उनी क्षयरोग तथा मधुमेहका रोगी रहेको मन्त्रालयले जनाएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं ७ ढल्केबरका ८५ वर्षीय महिलाको पनि साउन २८ गते मृत्यु भएको हो । उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए।
अछामको रामारोशन गाउँपालिका वडा नं ५ का १८ वर्षीय एक पुरुषको मृत्यु भएको हो । उनको उपचारको क्रममा पाटन अस्पतालमा साउन २८ गते मृत्यु भएको हो। उनी मुटुरोगका बिरामी थिए।
यस्तै, मोरङको विराटनगर महानगरपालिका वडा नं ३ का ५७ वर्षीय एक पुरुषको साउन २८ गते मृत्यु भएको छ । उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो। उनी उच्च रक्तचाप तथा मधुमेहका बिरामी रहेको मन्त्रालयले जनाएको छ ।