अविरल वर्षाका कारण कालिकोटमा पहिरो जादाँ पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ ।
गए राती जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको हो ।
पहिरोले घर पुरिँदा वडा सदस्य बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णालीका मुख्यमन्त्री स्वकीय सचिव खेम सिंहले जानकारी दिए ।
स्वकीय सचिव सिंहले आफू घटना स्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए ।