logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक व्यापारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको विशालबजार क्षेत्र बन्द


अंकुरण खबर
1.079K
Shares

काठमाडौंको विशाल बजारदेखि इन्द्रचोकसम्मका पसल बन्द गरिएको छ । न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको हो ।

व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो।

शुक्रबारबाट लागू हुने गरी ७ भदौसम्म त्यस क्षेत्रका सबै पसल बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ । वडा कार्यालयले विज्ञप्ती जारी गर्दै न्यूरोड क्षेत्रमा साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘‘न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ।’’