काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ८३ जना, भक्तपुरका ६ जना र ललितपुरका ३० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ६७६ पुगेको छ । यीमध्ये काठमाडौंका १ हजार ३६२ जना, भक्तपुरका ११३ जना र ललितपुरका २२० जना छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।