logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

नेपालमा कोरोना संक्रमणबाट विराटनगरकी ५० वर्षीया महिलाको मृत्यु


अंकुरण खबर
1.482K
Shares

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका तीनपानीका ५० वर्षीया महिला रहेकी छिन् । उनको उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

कोरोना संक्रमित महिलामा ज्वरो, खोकी र स्वासप्रस्वासको समस्या देखिएको थियो । विराटनगरस्थित न्यूरो अस्पतालवाट हिजो मात्रै उनलाई धरानमा भर्ना गरिएको थियो । संक्रमित महिलामा थाइराइ र मुटुको समेत समस्या रहेको थियो ।