गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७१८ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयले आज (आइतबार) बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कास्कीको पोखरा महानगरपालिकाका पाँच र तनहुँको ब्यास नगरपालिकाका चार जना छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण देखिएको हो।
उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।