मोटरसाइकल दुर्घटनामा परी दाङमा दुईजनाको मृत्यु भएको छ ।
गढवा गाउँपालिका–७ चन्दनपुरका २६ बर्षीय सुरजनारायण चौधरी र सोही ठाउँका २७ वर्षीय मनोज चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।
गएराति ११ बजे लमहीदेखि गढवा जाँदै गर्दा बलामपुर नजिक सानो राप्ती नदीको पुलमा मोटरसाइकल दुर्घटना हुदाँ दुबै जना नदीमा खसेको प्रहरीले बताएको छ । उनीहरु लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा सवार रहेका थिए ।
शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।