सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान ९ः३० बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा पार्टी विवाद समाधानका लागि गठित कार्यदलका सन्दर्भमा छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमिटीको बैठक नराखी कार्यदल बनाएको भन्दै विवाद भएको थियो ।
वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए । नेताहरुको माग अनुसार नै सचिवालय बैठक राखेर कार्यदललाई औपचारिकता र कार्यदेश दिन लागिएको बताइएको छ ।