नैकाप, तीनथाना जाने झोलुङ्गे पुलमुनि एक पुरूषको शव फेला परेको छ ।
कीर्तिपुर नगरपालिका वडा नम्बर २ मक्वाचाबाट चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ नैकाप तीनथाना जाने झोलुङ्गे पुलमुनि एक पुरूषको शव भेटिएको हो ।
अन्दाजी ४०–५० वर्षका ती मृतकको शव टाउकोमा चोट लागेको र दुवै हात भाँचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको सनाखत हुन सकेको छैन ।
शव पोष्टमार्टमाका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।