logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा थप २ जनामा कोरोना संक्रमन पुष्टि


अंकुरण खबर
1.105K
Shares

कर्णाली प्रदेशमा २ जना कोरोना संक्रमित थपिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा २ जना नयाँ  संक्रमित थपिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

संक्रमित हुनेमा जुम्लाका १ र रुकुम पश्चिमका १ जना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या  २ हजार ६७ पुगेको  छ ।

२४ घन्टामा कर्णाली प्रदेशमा १ जना संक्रमित निको भएर घर फर्किएका छन् । कर्णालीमा निको भएर घर फर्किनेको संख्या १ हजार ९ सय १४ पुगेको छ । अहिलेसम्म कर्णाली प्रदेशमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।