logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६,६६० पुग्यो


अंकुरण खबर
689
Shares

नेपालमा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३४ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म १७ हजार ३३५ जना निको भएर घर फर्किएका छन् ।