देशभर १०० जना कोरोना भाइरसका संक्रमितहरु आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ जना कोरोना संक्रमितलाई भेन्टिलेटरमा राखिएको छ । भेन्टिलेटरमा रहेका सबै बागमती प्रदेशमा छन् ।
पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।