अछाम र कालिकोटको सिमानामा पर्ने नरहरि नाथ खोलाले बगाउँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
पञ्चदेवल विनायक नगरपालिका–९ तानकोट बस्ने देवा बोहरा, उनकी छोरी बिपना बोहरा, आकृति बोहरा र छोरा हेमन्त बोहराको मृत्यु भएको हो ।
शनिबार साँझ खोला तर्ने क्रममा बगाई उनीहरूको मृत्यु भएको प्रहरीको जनाएको छ ।