logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिविका सबै सेवा १५ गतेसम्म बन्द


अंकुरण खबर
1.742K
Shares

त्रिभुवन विश्वविद्यालयमा सोमबारबाट लागू हुने गरी सबै सेवा बन्द हुने भएको छ ।

त्रिवि कार्यकारीको आइतबार बसेको बैठकले कोरोना संक्रमणको कारण जनाउँदै सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

कीर्तिपुरका अधिकांश वडा सिल भएको र केही क्षेत्र लकडाउन भएकाले १५ गतेसम्म १५ दिनका लागि सबै सेवा बन्द भएको त्रिविले जनाएको छ ।

अनलाइन कक्षा र घरबाट मिल्ने विद्युतीय सेवा भने बन्द हुने छैन । त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालका अनुसार त्रिविअन्तर्गत सबै डिन कार्यालय, संस्थान, विभाग, निर्देशनालय क्याम्पसलगायत सबै निकायका काम १५ दिन बन्द हुनेछ ।