logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा जारी निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थपियो


अंकुरण खबर
1.313K
Shares

मकवानपुरमा जारी निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक सूचना जारी गर्दै निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।

प्रशासनले हेटौँडा उपमहानगरपालिका भर र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा जारी निषेधाज्ञाको अवधिलाई थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा हस्ताक्षरित सूचनामा जिल्लाको कोभिड सङ्कट व्यवस्थापन समितिको सिफारिसमा निषेधाज्ञाको अवधि थप गरिएको उल्लेख छ। जारी निषेधाज्ञालाई थप कडाइ गरिने जनाइएको छ।

मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ जसो बढ्न थालेपछि प्रशासनले अत्यावश्यक सेवाबाहेक सम्पूर्ण क्रियाकलाप निषेध गर्ने गरी सूचना जारी गरेको हो। सूचनाअनुसार हेटौँडाका खाद्यान्न, तरकारी, फलफूल लगायतका पसल बिहान ५ः०० बजेदेखि ८ः०० बजेसम्म खोल्न पाइने छ।

औषधि पसल विगत जसरी नै सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ।