logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

पाटन अस्पतालमा ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
2.431K
Shares

कोरोना संक्रमणबाट ललितपुरमा थप एक जनाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको गए राती मृत्यु भएको हो । काठमाडौं निवासी संक्रमितमा मधुमेह, उच्च रक्तचाप र मृगौला सम्बन्धी समस्या पनि रहेको थियो ।

उनी साउन २० गते पाटन अस्पताल भर्ना भएका थिए । गंगालाल अस्पतालमा मुटुको अपरेशन गरेपछि उनीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।