logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालय बैठकद्वारा कार्यदल अनुमोदन


अंकुरण खबर
962
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ ।

आज बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको  पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार, कार्यदलले आज राष्ट्रका सामू देखा परेका कार्यभारलाई पूरा गर्न पार्टी र सरकार सक्षम हुनेगरी गर्नुपर्ने कामहरुका बारेमा सुझाव दिन सफल हुने छ भन्ने आशाको साथ कार्यदललाई बैठकले शुभकामना दिएको छ।

अध्यक्षद्वयले पार्टी विवादलाई समाधान गर्न कार्यदल गठन गरेकोमा पनि सचिवालयले धन्यवाद दिएको पार्टी प्रवक्ता श्रेष्ठले बताए ।

पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएका थिए ।

त्यसअनुसार सोमबार बोलाइएको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको हो । महासचिव विष्णु पौडेलेको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल सदस्य छन् ।