logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउ घट्यो


अंकुरण खबर
767
Shares

नेपाली बजारमा आज सोमबार सुनचाँदीको भाउ घटेको छ ।

आज छापावाला सुन तोलामा २ सय रुपैयाँ घटेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार छापावाला सुन तोलामा ९८ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।

आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँ निर्धारण गरिएको छ ।