logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धादिङमा जीप दुर्घटना , १० जना घाइते


अंकुरण खबर
884
Shares

काठमाडौं – धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर–२, भुलभुलेमा मंगलबार भएको जीप दुर्घटनामा १० जना घाइते भएका छन् । ग १ ज ६०६१ नम्बरको बोलेरो जीप धादिङबेसीबाट पात्लेतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।

यात्रु लिएर गाउँतर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भई सडकबाट पल्टिदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याईएको छ भने ६ जना घाइते जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि स्थानीय र प्रहरीले घटनामा उद्धार गरेका थिए ।