logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीर अस्पतालको टिकट काउन्टरका कर्मचारीलाई पनि देखियो कोरोना संक्रमण


अंकुरण खबर
988
Shares

वीर अस्पतालको टिकट काउन्टरमा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।

अस्पतालका चिकित्सक तथा कोभिड–१९ संयोजक डा। विधान निधि पौडेलका अनुसार हालसम्म अस्पतालमा ३ जना चिकित्सकसहित ७ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । संक्रमितलाई सुरक्षित तरिकाले आइसोलेसनमा राखेर अस्पतालका अन्य सेवाहरु सहज रुपमा सञ्चालन भएको डा. पौडेलले जानकारी दिए ।

उनका अनुसार संक्रमित कर्मचारीसँग काम गरेका वा सम्पर्कमा आएका अन्य कर्मचारीहरुको पीसीआर गर्ने तयारी गरिएको छ ।

आइतबार अस्पतालको सरसफाइमा खटिएका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो । त्यसअघि तीन जना चिकित्सक र एक जना नर्स, एक जना सवारी चालकमा समेत संक्रमण देखिइसकेको छ ।