logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्याले २ हजार नाघ्यो


अंकुरण खबर
1.352K
Shares

काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १३९ जना, भक्तपुरका १४ जना र ललितपुरका १५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ११४ पुगेको छ । कुल संक्रमितमध्ये काठमाडौंका १ हजार ७०७ जना, भक्तपुरका १४४ जना र ललितपुरका २९१ जना छन्।

सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।