logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितको संख्या बढ्दै, काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने तयारी


अंकुरण खबर
715
Shares

कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएपछि काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लागू गर्ने तयारी भइरहेको छ ।

घना बस्ती र जनसंख्या रहेको काठमाडौंमा संक्रमितको संख्या दैनिक बढिरहँदा उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच यसबारे अनौपचारिक छलफल जारी रहेको छ ।

केही दिन अघि मात्र तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले संक्रमित देखिएको स्थानमा सिल गर्ने निर्णय गरेको थियो भने काठमाडौंमा सट डाउन गरिएको थियो । तर पनि संक्रमितको संख्यामा कमी नआएपछि नयाँ विकल्पबारे छलफल सुरु भएको हो ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार तीनै जिल्लाका सीडिओहरुबीच यसबारे अनौपचारिक छलफल जारी रहेको छ ।

उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै उनले नियन्त्रणका लागि थप कदम चाल्नु पर्ने अवस्था आएको बताइन् ।

‘उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ, नियन्त्रणका लागि निषेध लागू नगरी नहुने देखिएको छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन्, ‘अब चाँडै संयुक्त बैठक बसेर यसबारे निर्णय गर्ने तयारी छ ।’

उनका अनुसार अत्यावश्यकबाहेक सबै गतिविधि बन्द हुने गरी निषेधाज्ञा लागू गर्ने तयारी भइरहेको हो ।