पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको आज विहान ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो । नवलपरासीको सुस्ता पश्चिमका ३८ वर्षीय गिरीलाई कोरोना संक्रमण भएपछि साउन ३० गते बुटवल कोरोना अस्पतालबाट ललितपुरको पाटन अस्पताल ल्याइएको थियो ।
उनको आज उपचारकै क्रममा मृत्यु भएको हो । उनको केहि समय अघि पित्तथैलीमा पत्थरी भएपछि शल्यक्रिया गरिएको थियो ।