‘देशद्रोही’ शीर्षकमा सार्वजनिक एक गीतमा राष्ट्रिय झण्डा जलाएको भिडिओ बनाउने एक जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार उनी भिडिओका क्यामेरामेन हुन् । यद्यपी उनको परिचय भने खुलाइएको छैन । यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ ।
गीतमा राष्ट्रिय झन्डा र नेपाली राष्ट्रियताको सन्दर्भमा समेत ‘अपमानजनक’ शब्दहरु प्रयोग गरिएको छ ।
मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।
मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको थियो ।