logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
832
Shares

नेपालमा थप   एक हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै धेरै संख्या हो ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप  एक हजार १६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । संक्रमितमध्ये १७ हजार ५८० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ११४  जनाको मृत्यु भएको छ ।

आज मात्रै कोरोनालाई जितेर ८५ जना घर फर्किएका छन।