logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

काठमाडौं उपत्यकामा आज थपिए २०५ जना कोरोना संक्रमित


अंकुरण खबर
702
Shares

काठमाडौं उपत्यकामा थप २०५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २ हजार ३१९ पुगेको छ । यीमध्ये काठमाडौंका १ हजार ८४५, ललितपुरका ३४१ र भक्तपुरका १६१ जना छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।