कोरोना भाइरसको संक्रमणबाट पर्साको वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ ।
गएराति कोरोनाबाट वीरगञ्ज महानगरपालिका–४ विर्ताका ८४ वर्षीय बृद्ध र वीरगञ्जकै भिस्वाका ५७ वर्षीयको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ ।
८४ वर्षीय बृद्ध साउन २७ गते नारायण अस्थायी कोरोना अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममै गएराति १०ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै, अर्का ५७ वर्षीय पुरुषको मंगलबार साँझ नारायणी अस्पतालमा मृत्यु भएको हो । उनी श्वासप्रश्वासमा समस्या भएपछि एक साता अघि अस्पताल भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको छ ।