logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


अंकुरण खबर
1.001K
Shares

राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

नेपाली सेनाको मानार्थ सहायक रथी समेत रहेका घिमिरेलाई अन्त्येष्टिमा नेपाली सेना र सशस्त्र प्रहरीको एक–एक टुकुडीले सम्मानमा सलामी अर्पण गरेको छ ।

अन्त्येष्टि अघि उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सरकारको तर्फवाट सम्मान प्रकट गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटासहितका शीर्ष व्यक्तित्वले समेत निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै उनलाई अक्सिजन दिएर राखिएको थियो ।