logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

चितवनमा थपिए २० जना नयाँ कोरोना संक्रमित


अंकुरण खबर
1.495K
Shares

चितवनमा नयाँ २० जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमण पुष्टी हुनेमा भरतपुर महानगरपालिकाका ७ महिला सहित १२ जना, राप्ती नगरपालिकाका २ पुरुष, खैरेनी नगरपालिकाका ५ महिला र रत्ननगर नगरपालिकाका १ जना पुरुष रहेका छन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ २ गते परीक्षण गरिएका ५ सय स्वाबमध्ये ३० जनामा संक्रमण पुष्टी भएको थियो ।

अन्य संक्रमण पुष्टी हुनेमा नवलपुरका २ महिला सहित ५ जना, महोत्तरीका १ पुरुष, वाँकेका १ महिला, तनहुँका एक पुरुष, मकवानपुरका १ महिला र बाराका १ पुरुष रहेका छन् ।