logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नुवाकोटमा एक साता निषेधाज्ञा थप


अंकुरण खबर
2.6K
Shares

कोरोना जोखिमका कारण नुवाकोटमा जारी निषेधाज्ञा एक साता थप गरिएको छ ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरे अनुसार एक साताका लागि निषेधाज्ञा थप गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए ।

गत २५ साउनदेखि १० दिन लगाइएको निषेधाज्ञालाई निरन्तरता दिने साथै रोगको सङ्क्रमण थप फैलन नदिन थप सतर्कता अपनाउने निर्णय गरिएको ढकालले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन र सङ्क्रामक रोग ऐनअनुसार जारी गरिएको निषेधाज्ञा जिल्लाको विदुर र बेलकोटगढी नगरपालिकासहित लिखु, सूर्यगढी, दुप्चेश्वर, पञ्चकन्या र शिवपुरी गाउँपालिकाको सबै स्थानमा तोकिएको छ ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसलबाहेकका अन्य पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न नपाउने भनिएको छ। खाद्यान्न पसलसमेत बिहान ६ बजेदेखि १० बजेसम्म दैनिक चार घण्टा मात्र खोल्न दिने निर्णय बैठकले गरिएको छ ।

प्रजिअ ढकालका अनुसार नुवाकोटमा हालसम्म ७२ जना सङ्क्रमित देखिएका छन् । रासस