कर्णाली प्रदेशमा बुधबार थप ४३ जनामा कोरोना पुष्टि भएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले दिएको अपडेट अनुसार प्रदेशमा आज ४३ जना संक्रमित थपिएका हुन् ।
नयाँ संक्रमितहरु दैलेखका ४ जना,सल्यानका १७ तथा सुर्खेतका १० जना रहेका छन् । त्यस्तै जुम्लाका ९ जना, डोल्पा, बाँके र कास्कीका एक एक जना रहेका छन् ।
योसंगै कर्णाली प्रदेशमा अहिलेसम्म २ हजार १३० जनामा कोरोना पुष्टि भएको छ ।
साथै प्रदेसमा अहिलेसम्म एक हजार ९३२ जना कोरोना जितेर ठिक भएका छन् । त्यस्तै प्रदेशमा अहिलेसम्म कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ ।