काठमाडौं – नेपाली बजारमा सुनको मुल्य बुधबार फेरि प्रतितोला एक हजारले वृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँ बढेर ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
यसअघि गत भदौ नौ गते सुनको मुल्य अहिलेसम्मकै सबैभन्दा बढी ७३ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । त्यसपछि ओरालो लागेको सुनको मुल्य पुन पुरानै अवस्थामा पुगेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तलमाथी हुदाँ नेपाली बजारमा पनि सुनको मूल्य घटबढ भइरहेको छ । अमेरिका र चीनबीच व्यापारिक गतिरोध बढेकाले भाउ बढेको सुनचादी व्यवसायीहरुले बताएका छन् ।