काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार प्रक्रिया आज सकिँदै छ । सिंगापुरको नेश्नल युनिभर्सिटी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीको आज सातौंपटक प्लाज्मा फेरेसिस प्रक्रियाबाट मिर्गौलासम्बन्धी एन्टीवडी निकाल्न लागिएको हो ।
योसँगै उपचार प्रक्रिया पूरा हुने प्रधानमन्त्रीका निजी चिकत्सक डा. दिलिप शर्मालाई उधृत गर्दै प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए । हाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।
प्रधानमन्त्री भदौ ५ गते दोस्रो चरणको स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । प्रधानमन्त्रीको मृगौलासम्बन्धी एण्डीबडीको मात्रा केही बढी देखिएपछि दोस्रो चरणको उपचारका लागि पुनः सिंगापुर लगिएको थियो । उपचार प्रक्रिया सकेर प्रधानमन्त्री ओली पर्सि शुक्रबार स्वदेश फर्कने तयारीमा रहेका छन् ।