logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित ६ जनाको मृत्यु


अंकुरण खबर
728
Shares

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको मृत्यु भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट पर्सामा एक महिलासहित तीन जना, काठमाडौंमा एक महिला,  मकवानपुर र सप्तरीमा एक–एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।