logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सशस्त्र प्रहरी अस्पतालमा कोरोना संक्रमित दुई वृद्धको मृत्यु


अंकुरण खबर
1.235K
Shares

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौ र सप्तरीका १–१ जना छन्।

काठमाडौंका ७६ वर्षीय पुरुषको हिजो साँझ ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी प्रहरी उपरीक्षक डा। प्रविण नेपालले जनाकारी दिए।

उनी ६ दिनदेखि होम आइसोलेसनमा थिए। स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएकोमा अस्पतालमा पुगेको एक घण्टामा नै मृत्यु भएको थियो।

त्यस्तै, सप्तरी राजविराजका ७७ वर्षीय वृद्धको आज बिहान १० बजे सोही अस्पतालमा मृत्यु भएको छ । गम्भिर अवस्थामा उनलाई हिजो बिहीबार साँझ अस्पताल ल्याइएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि राजविराजबाट साउन ३० गते उनलाई काठमाडौं ल्याइएकोमा ३२ गते कोरोना पुष्टि भएको थियो।