logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तेह्रथुममा नौ जना कोरोना संक्रमित भेटिएपछि एक साता निषेधाज्ञा जारी


अंकुरण खबर
1.482K
Shares

एकै दिन नौ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीबार सूचना जारी गर्दै गए राति १२ बजेबाट भदौ ११ गतेसम्म निषेधाज्ञाको घोषणा गरेका हुन्।

कन्ट्याक्ट ट्रेसिङका क्रममा तेह्रथुममा सरकारी कर्मचारी, वकिललगायत नौ व्यक्तिमा संक्रमण देखिएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले अत्यावश्यक सेवाअन्तर्गत खाद्यान्न तथा सब्जी पसल बिहान ७ बजेदेखि ९ बजेसम्म सतर्कतापूर्वक खोल्न अनुमति दिएको छ। प्रशासनले अत्यावश्यक बाहेक सवारीका साधन सञ्चालन र हिँडडुलमा समेत रोक लगाइएको जनाएको छ।