नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केन्द्रीय सदस्यद्वय डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो ।
वाग्ले र काफ्ले दुवै जना सर्लाही जिल्ला निवासी हुन् । केन्द्रीय सदस्य काफ्लेले गत साउन २६ गते हरिवनमा गरेको परीक्षणमा ३२ गते पोजेटिभ रिपोर्ट आएको बताए ।
त्यस्तै वाग्लेले पनि साउन १ गते परीक्षण गरेकोमा ४ गते रिपोर्ट पोजेटिभ आएपछि घरमै बसेको जानकारी दिए ।