logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ग्रिनसिटी अस्पतालमा उपचाररत ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
780
Shares

कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।

बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । उनलाई ग्रिनसिटी अस्पतालबाट बिहीबार मात्र बलम्बु लगिएको थियो ।

उनी साउन ३० गते सप्तरीको राजविराजबाट काठमाडौं आएका थिए । त्यही दिन वीर अस्पतालको प्रयोगशालामा स्वाब दिएका उनको रिपोर्ट ३२ गते पोजेटिभ आएको थियो।

त्यसयता ग्रिनसिटीमा रहेका उनको अवस्था गम्भीर भएपछि बिहीबार मात्र एपीएफ अस्पताल लगिएको थियो ।