logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछाने उच्च अदालतमा


अंकुरण खबर
1.612K
Shares

काठमाडौं – शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।

न्यायाधीश टेकराज नेपालको इजलाशले लामिछाने र युवराज कँडेलले मंगलबार दायर गरेको निवेदनमा पहिलो आज सुनुवाई गर्दै जिल्ला अदालत चितवनमा रहेको सम्पूर्ण विवरण मगाउने आदेश गरेको हो ।

लामिछानेले जिल्ला अदालले आफूलाई पाँच लाख धरौटी माग र शर्तहरु आदेशका लागि लिएको आधारहरु त्रुटीपुर्ण भएको जिकीर गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।

उच्च अदालतले अर्को सुनुवाईमा उनीहरुसँग मागेको धरौटीको बारेमा सुनुवाई गर्नेछ । उच्च अदालतलाई उक्त आदेश मनासिव लागेमा सदर गर्नेछ भने त्रुटीपुर्ण लागेमा उल्टाउने छ ।

साउन २० मा पुडासैनीले आत्महत्या गरेपछि दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनबाट ५ लाख धरौटीमा रिहा भएका लामिछाने र ३ लाख धरौटीमा रिहा भएका अर्का पत्रकार युवराज कँडेल मंगलबार उच्च पाटनमा पुनरावेदनका लागि पुगेका थिए ।